काठमाडौं, असार ८
नेपाल सरकारले विभिन्न आठ देशका लागि राजदूतहरु सिफारिस गरेको छ । यसअघि सरकारमा रहेका दलहरुवीच समझदारी भएपछि असार ६ गतेको मन्त्रिपरिषदको बैठकले राजदूतहरु सिफारिस गरेको हो ।
पूर्व मुख्यसचिब लोकदर्शन रेग्मीलाई भारतका लागि राजदूतमा सिफारिस गरिएको छ भने चन्द्र घिमिरे अमेरिका, सुशील प्याकुरेल दक्षिण कोरिया, सुम्निमा तुलाधर डेनमार्क, डा. विजन पन्त बेलायत, पुष्पराज राजकर्णिकार स्पेन, नेत्रप्रसाद तिमल्सेना मलेसियाका साथै अबुसुफ्यान खान मुसलमानलाई साउदी अरबका लागि राजदूत सिफारिस गरिएको सरकारका एक मन्त्रीले जानकारी दिए।
रेग्मीलाई तत्कालीन ओली सरकारले २०७७ मा बेलायतका लागि राजदूत बनाएको थियो भने पछि देउवा सरकारले उनलाई फिर्ता बोलाएको थियो ।
सरकारमा रहेका दलहरुवीच राजनीतिक भागबण्डा गरी राजदूतहरु सिफारिस गरिएको बुझिएको छ ।