काठमाडौं, ०८ असार २०८१
नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन प्रभावशाली खेलाडीहरु सन्दीप लामिछाने, रोहित पौडेल र दीपेन्द्र सिं ऐरीले क्यानडाको चर्चित फ्रेन्चाइज प्रतियोगिता ‘ग्लोबल टी–२० लिग’ खेल्ने भएका छन् ।
क्यानडाको ‘ग्लोबल टी–२० लिग’ मा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी भ्यानकुभर नाइट्समा छन् भने नेपाली टोलीका कप्तान रोहित टोरन्टो नेशल्समा आबद्ध भएका छन् ।
यसअघि सन्दीप र दीपेन्द्रले क्यानेडाको ‘ग्लोबल टी–२० लिग’ खेलिसकेका छन् भने रोहितका लागि यो पहिलो अवसर हो।
यो सिजनको ‘ग्लोबल टी–२० लिग’ आगामी जुलाई २५ तारिखदेखि सुरु हुनेछ ।