काठमाडौं, ९ असार, २०८१
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ५.३७ अङ्कले गिरावट आएको छ । आज कारोबर समयको समाप्तिसँगै नेप्से सामान्य अङ्कले घटेर दुई हजार ६२ दशमलव ९४ को बिन्दुमा रोकिएको हो ।
आजको जम्मा कारोबार रकम चार अर्ब ३७ करोड ४५ लाख ९७ हजार चार सय ५८ रुपैयाँ भएको छ । आज वित्त र अन्य समूह मात्र बढे भने अरु सबै समूह घटेका छन् ।
आज सकारात्मक सर्किट लाग्ने कम्पनीहरुमा रिलायन्स फाइनान्स लिमिटेड, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड, मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेड र नेपाल फाइनान्स लिमिटेडको शेयर रहेका छन् ।